तपाईँ सुन्दै हुनुहुन्छः

अछाम आक्रमणको १८ बर्ष, दरबार बन्न बाँकी

अछाम । अछाम जिल्ला आक्रमण भएको आज १८ बर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वका बेला अछाममा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

२०५८ फागुन ४ गते एकै रात जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैपटक आक्रमण भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक अछाम दरबारसहित एक दर्जन सरकारी तथा गैह्रसरकारी कार्यालयहरु ध्वस्त भएका थिए ।

अछाम आक्रमणसंगै दरबार ध्वस्त भएको १८ वर्ष भईसकेको छ । दरबार पुनर्निर्माण सुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन् ।

दरबारलाई पुरानै स्वरुप दिने उदेश्यले पुनर्निर्माणको काम सुरु भएपनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार अझै अधुरो छ । काठको अभाव देखाउँदै निर्माण व्यवसायीले ढिलासुस्ती गरिरहेको छ । हाल दरबार निर्माण कार्य जारी रहेको छ ।

अछाम आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्रीसहित एक सय २३ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा परेका अन्य सरकारी कार्यालय भने निर्माण सम्पन भईसकेका छन् । निर्माण भएका कार्यालयमा गुणस्तरहिन काम भएको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button