तपाईँ सुन्दै हुनुहुन्छः

नगरकोटमा प्रहरी र स्थानीयबीच झडप

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानियवासीकाबीच झडप भएको छ ।

चीनको बुहानमा रहेका नेपालीको उद्धार गरेर ल्याउन लागेका विद्यार्थी र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयबासीले बिरोध गर्दा भएको झडपमा स्थानीयहरुले प्रहरीलाई ढुङ्मुडा गरेसँगै झडप भएको हो ।

खानेपानीको कार्यालयमा बनाएको क्वारेन्टाइनमा चिनबाट ल्याएका नेपालीलाई राख्न लागेको भन्दै स्थानीयहरुले बिरोध गरिरहेका छन् । नाराजुलुस गरि खानेपानी कार्यालयमा अवरोध गर्दै स्थानीयहरु सडक बन्द गराई टायर बालेर विरोधमा उत्रिएसँगै प्रहरीसँग झडप भएको वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा बिरोध भईरहेको थियो ।
सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको र दुबैतर्फ सामान्य घाइते भएको उहाँले बताउनुभयो । स्थानीयले एक सातादेखि बिरोध गर्दै आएको र शुक्रबार पनि दिनभरी नै बिरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो ।

शुक्रबार साँझसम्म भएको छलफलमा पनि समस्या समाधान नभएको उहाँले बताउनुभयो । प्रहरी र प्रजिअ होमकला पाण्डे सहितको टोलीले छलफल गरेपनि स्थानीयहरुले बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button