सरकारको दुई वर्ष : प्रधानमन्त्री ओलीले आज संसदमा संवोधन गर्नुहुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्नुहुनेभएको छ ।
सरकारको दुई वर्षे काम कारवाहीबारे सदनलाई जानकारी दिनका लागि प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।
शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुँदैछ । तीन गते दुई वर्ष पूरा हुने भए पनिे शनिबार परेका कारण प्रधानमन्त्री ओलीले शुक्रबार नै सम्बोधन गर्न लाग्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्