तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नगरपालिकामा स्तनपान कक्ष स्थापना

सल्यान । जिल्लाको शारदा नगरपालिकाले आफ्नो कार्यालयमा स्तनपान कक्ष स्थापना गरेको छ । बिशेषगरी सुत्केरी र दुई वर्षमुनिका बालबालिकाहरुलाई केन्द्रित गरी स्तनपान कक्ष स्थापना गरिएको हो ।

कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी र कामको शिलसिलामा नगरपालिकामा आउँने सुत्केरीले आफ्नो शिशुलाई सहजरुपमा स्तनपान गराउन स्तनपान कक्षा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

सेवाग्राहीको रुपमा नगरपालिकामा आउने सुत्केरी महिला तथा कर्मचारीलाई दृष्टिगत रुपमा स्तनपान कक्ष स्थापना गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । आमाहरुले सार्वजनिक ठाउँमा लजाएर बच्चालाई स्तनपान नगराउँदा कुपोषणको सिकार हुन सक्ने भएकाले त्यसप्रकारको रोगबाट बच्नपनि स्तनपान कक्षले मद्दत गर्ने अधिकारीको भनाई छ ।

उहाँले भने महिला सेवाग्राही कार्यालयमा आउँदा लजाएर बच्चालाई स्तनपानै गराउनु हुन्न । कामको प्रकृति अनुसार काम ढिलो पनि हुनसक्छ । बच्चाले दुध खोजिरहेको हुन्छ तर आमाले सार्वजनिक ठाउँमा दुध चुसाउन अप्ठेरो मानिरहनु भएको हुन्छ । यहि समस्यालाई मध्यनजर गरेर स्तनपान कक्ष स्थापना गरिएको हो ।

कार्यालयमा स्तनपान कक्ष निमार्णसँगै साना बच्चा लिएर कार्यालयमा आउने महिला कर्मचारी र सेवाग्राहीलाई स्तनपान गराउँन सजिलो हुने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button