तपाईँ सुन्दै हुनुहुन्छः

पिङ खेल्ने क्रममा बालिकाको ज्यान गयाे

भोजपुर । तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर एक बालिकाको ज्यान गएको छ। बिहीबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको खेल्ने क्रममा ज्यान गएको हो ।

पिङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएकोले घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button