तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा निरन्तर उचारचढाव

काठमाडौं । केही समयदेखि सुनचाँदीको मूल्यमा निरन्तर उचारचढाव भइरहेको छ । सुनचाँदीको मूल्य घट्ने र बढ्ने क्रम लगातार भइरहेको समयमा आज पनि सुनको मूल्यमा केही वृद्वि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । बुधबार प्रतितोला २०० रुपैयाँले घटेर ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ७६ हजारमा कारोबार भइरहेको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० कायम भएको बताइएको छ । बिहीबार चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button