तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले बताउनुभयो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेयता कांग्रेसले संसद चल्न दिएको थिएन । बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा. संग्रौलाले बताउनुभयो ।

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button