तपाईँ सुन्दै हुनुहुन्छः

महिना दिनदेखि किशोरी बेखबर

बागलुङ-गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् ।

आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताउनुभयो । प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ ।

अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन् । उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ ।

दुवै परिवारले एकर्काप्रति आशङ्का गरेका छन् । दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button