तपाईँ सुन्दै हुनुहुन्छः

मध्यतराईमा बालबिवाह कायमै, अभियान प्रभावकारी नभएको गुनासो

बीरगंज । बारा, पर्सा, रौतहटलगायतका मध्यतराईका जिल्लाहरुमा बाल बिवाह अन्त्यका लागि चलाईएका अभियान प्रभावकारी हुन नसक्दा बालबिवाह गर्ने क्रम रोकिएको छैन् ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी बिविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी नभएको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय बालअधिकारसँग सम्बन्धित विभिन्न संस्थाहरुले गरेको अध्ययन अनुसार बारा, पर्सा, रौतहटमा बिगत १ बर्षयता ३० भन्दा बढी बालविवाहका घटना भएका छन् ।

पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालबिवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बालबिवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका बालिका बीच २० वटा तथा सात जना बालिकाको बिवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको तथ्यांकमा देखिएको छ । बालबिवाह भएकामध्ये आफूखुशी वा भागी बिवाह १५ वटा, अभिभावकद्वारा १२, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै समेत केहीको बालविवाह भएको छ ।

बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइ बुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ ।

विगत एक महिना यता पर्सामा भएका दुई वटा बालबिवाहका घटनामा प्रहरीले हस्तक्षेप गरी वालविवाह रद्द गरेको छ । विगत चार दिन अगाडी बालबिबाह गरेको भन्दै अभिभावकसहित बेहुला राजकुमारप्रसाद कुशवाहा र बेहुली १५ बर्षिय सोनम कुमारी कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

समाजमा रहेका बाल बिवाह, दाईजो प्रथा, बहुबिवाह तथा लैंगिङ्क हिंसा लागायतका अपराध न्यूनिकरण गर्न प्रहरी, प्रशासन र स्थानीय तह जिल्लामा सक्रिय भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

तराईका जिल्लाहरुमा महिला तथा बालबालिका हिंसाको घटना, बलात्कार जस्ता जघन्य अपराध तथा दाईजो प्रथा र बालबिवाह जस्ता कुरितीहरु कायम रहेको हुँदा यसलाई नियन्त्रण गर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानियसँग सहकार्य गर्दै प्रहरी अगाडी बढने प्रहरी उपरिक्षक पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button