तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा अस्पतालमा चिकित्सक थपिदै गएपछि सेवा प्रभावकारी बन्दै

डडेल्धुरा । दुईसाता अघि डडेल्धुरा आईपुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको निरिक्षण गरी तत्काल चिकित्सक पठाउने आश्वासन दिएलगत्तै अस्पतालले नँया बिशेषज्ञ चिकित्सक पाएको छ ।

चिकित्सक पाएसँगै बन्द रहेको कतिपय बिशेषज्ञ स्वास्थ्य सेवा सुचारु हुन थालेपछि स्थानीयहरु खुसी भएका छन । लामो समयदेखि अस्पतालले चिकित्सक पाउन नसकेपछि यहाँका स्थानीहरुले रिफरले अस्पतालको संज्ञा दिदै आएपनि एकै पटक छ जनाको संख्यामा बिशेषज्ञ चिकित्सक अस्पताल पवेश गरेपछि अस्पतालको सेवा प्रभावकारी हुने आशा स्थानीयले गरेका छन् ।

अस्पतालमा विशेषज्ञ सेवा सुचारु हुन थालेपछि अब सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरासहित बैतडी, दार्चुला, डोटी, बझाङलगायतका जिल्लाका बिरामीहरुका लागि उपचारमा सहजता भएको छ ।

सुदुरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कदै गईरहेको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छ जना विशेषज्ञ चिकित्कस पठाएको हो ।

अहिले अस्पतालमा दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाडजोर्नी, एक जना जनरल फिजिसिएन, एक जना दन्तरोग, एक जना एनेस्थेसीया, दुई जना बालरोग र एक जना एम्डीजिपिसहित नौ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालका निमिक्त मेसु जगदिशचन्द्र बिष्टले बताउनुभयो ।

विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग ,महिला तथा प्रसुति रोग, एण्डोस्कोपी सहित जनरल सल्यक्रिया सेवा सुचारु भईसकेको अस्पतालका मेसु बिष्टले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ गतेको निर्णयअनुसार डडेलधुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो ।

हाल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्स, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्स गरी नेपाल सरकार तर्फबाट एक सय नौ जनाको दरबन्दी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button