टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु, तीन जनाको घाईते

बिराटनगर । बिराटनगरमा आज टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु हुनुका साथै एकै परिवारका तीनजना घाईते भएका छन ।
बिराटनगर–१० तीनटोलियामा को २ ह २११३ नम्बरको टेम्पु दुर्घटना हुँदा सो टेम्पुका चालक बिराटनगर १७ निवासी ४५ बर्षिय सलिम मियाँको मृत्यू भएको हो ।
दुर्घटनामा परि विराटनगर १० पिपलचोक घर भएका ६५ बर्षिय अरुणानन्द मिश्रा, ५५ बर्षिय मधुश्री मिश्रा र २० बर्षिय शिवमसौरभ मिश्रा घाईते भएका हुन् । घाइतेहरु बाबुआमा र छोरा हुन । उनिहरुको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।
जोगबनीबाट पिपल चोकतर्फ आउँदै गरेको टेम्पु बिराटनगर १० को वडा कार्यालयभन्दा झण्डै ५० मिटर पश्चिमतर्फ सडक किनारको नालामा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिनुभयो ।
दक्षिणबाट तीव्र गतिमा आएको टेम्पु पुर्व कटाउने क्रममा नियन्त्रण गर्न नसक्दा नालामा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन ।








प्रतिक्रिया राख्नुहोस्