तपाईँ सुन्दै हुनुहुन्छः

कलङ्की अण्डरपासमा टिप्परले मोटरसाइकललाई हान्यो, दुई जनाको मृत्यु

काठमाण्डौ । कलंकीको अन्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ । ज्या’न जानेमा रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

बुधबार राति टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा पछाडिबाट ठ’क्कर दिएको थियो । ठ’क्कर दिने टिप्पर र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button