तपाईँ सुन्दै हुनुहुन्छः

३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ

नेपालगञ्ज । बाँकेमा नापी कार्यालयका सर्वेक्षकसहित अर्का एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयले नापी कार्यालय बाँकेका सर्वेक्षक यम बहादुर खत्री र लेखापढी व्यवसाय गर्ने प्रताप केसीलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले हाल साबिक गरिदिने भन्दै बिचौलिया मार्फत् ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button