तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भट्टद्वारा फलाम खानी क्षेत्रको अवलोकन


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मङ्गलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button