तपाईँ सुन्दै हुनुहुन्छः

सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार रहेको बताउनुुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुहुदै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) हिउँदे अधिवेशनबाट पारित हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाका बारेमा समेत छलफल गर्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गाैलाको डाइलोसिस गरिरहेको जानकारी दिँनुहदै चाँडै नै मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी गराउनुभयो ।

सो अवसरमा उहाँले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button