तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवभित्रै नेपाल टेलिभिजनबाट विश्व समाचार ‘एनटीभी वर्ल्ड’ सुरु गरिसक्न मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालु आर्थिक बर्षभित्रै नेपाल टेलिभिजनबाट विश्व समाचार ‘एनटीभी वल्र्ड’ सुरु गरिसक्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आयोजित नेपाल टेलिभिजनको ३५औँ बार्षिकोत्सव समारोहमा मन्त्री बाँस्कोटाले रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोर्खापत्र सरकारी सञ्चारमाध्यम नभएर जनता र राज्यको सम्पति भएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन प्रविधिमा रुपान्तरण भएसँगै पहुँच विस्तार र विषयवस्तुको गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने सुझाव दिनुुभयो ।

उहाँले नेपाल टेलिभिजनले आफुलाई समय सापेक्ष सुधार गर्दै गएपनि सिंगो नेपाललाई बोक्न सक्ने र सबैको रुची अनुसारको विषवस्तु उत्पादन गर्ने चुनौति थपिएको बताउनुभयो ।

नेपाल टेलिभिजन अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजनलाई प्रविधिमा रुपान्तरण र पहुँच विस्तारसँगै प्रतिष्पर्धामक क्षमता र विषयवस्तु सुधारमा केन्द्रित भइरहेको बताउनुुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले नेपाल टेलिभिजनलाई समय सापेक्ष रुपान्तरणका लागि प्रविधि र विषयवस्तुको गुणस्तरमा समेत गुणात्मक बिकास गरिरहेको बताउनुभयो ।

बार्षिकोत्सवमा नेपाल टेलिभिजनले २० बर्षे र ३० बर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान र उत्कृष्ट तथा सर्वाेत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button