तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाकामा कोरोना भाइरस परीक्षणका लागि शिविर सञ्चालन

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीमा कोरोना भाइरस परीक्षणका लागि शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ४० कन्टेनरका चालकसहित एक चिनियाँ नागरिकलाई भाइरस भए नभएको परीक्षण गरिएको आयोजक भोटेकोसी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चीनबाट कन्टेनर लिएर नेपाल भित्रिएका चालक सहचालकहरुको स्वास्थ्य परीक्षण गर्न शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य परीक्षणको क्रममा कसैसँग पनि कोरोना भाइरसको लक्षण नभेटेको शिविरमा संलग्न स्वास्थ्यकर्मी सोनिया लामाघादेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button