तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वार विद्यार्थीहरुलाई न्यानो कपडा बितरण  

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियानको थालनी गरेको छन् ।

चिसोको कारण बिद्यार्थीलाई नियमित बिद्यालयमा अध्ययन गर्न समस्या भएपछि गाउँपालिकाले यो अभियान शुरु गरेको हो । पहिलो चरणमा गाउँपालिकाको माथिल्लो भेगमा पर्ने बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

गाउँपालिकाले शुरुवातमा आइतबार पौवादुङमा गाउँपालिकाको वडा नम्वर १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका चार सय ६२ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

अभियान अन्तर्गत तिवारीभञ्याङ मावि, पञ्चकन्या मावि, मानेडाँडा मावि, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालय लगायत अन्य सात वटा विद्यालयमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन गर्ने क्रममा यो अभियान पनि शुरु गरेको बताउनुभयो ।

यसअघि पनि विद्यार्थीहरुको लागि दिवा खाजा व्यवस्था गरिसकेको बताउँदै अध्यक्ष राईले जाडोका कारण यहाँका बिद्यार्थीहरु प्रभावित भएको र जसको कारण पठनपाठनमा समेत समस्या देखिएकाले न्यानो कपडा वितरण बितरण अभियानको थालनी गरेको बताउनुभयो । अर्को आर्थिक वर्षदेखि गाउँपालिकाका सबै ३२ वटा बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाई छ ।

चिसोको कारण करिव ३० प्रतिशत बिद्यार्थी नियमित विद्यालय नआएको पाइएकाले यो कार्यक्रम पश्चात बिद्यार्थी उपस्थितिमा समेत बृद्धि गर्नका लागि कपडा बितरण गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button