तपाईँ सुन्दै हुनुहुन्छः

घरको छतबाट खसेर बालिकाको मृत्यु

फाइल तस्बिर

बागलुङ । बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानी निवासी बिमला बिककी १५ महिने छोरी दिपसीना बिकको घरको छतमा खेल्दै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

रामरेखा आफन्तको घरमा आएको समय छतमा खेलिरहेकी बालिका आईतबार अचानक खसेर गम्भिर घाईते भएपछि उपचारको लागि पोखरा मणिपाल अस्ताल पुर्याईएको र अस्पतालले राती नै उनलाई मृत घोषणा गरेको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button