तपाईँ सुन्दै हुनुहुन्छः

अछामको साँफेबगर नगरपालिका  पूर्ण साक्षर नगरपालिका घोषणा 

अछाम । अछामको साँफेबगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ ।  जिल्लाको पाँचौँ स्थानिय तहका रुपमा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्राकृतिक श्रोत समितिका सभापति प्रदेश सांसद हर्कबहादुर कुँवरले पूर्ण साक्षर घोषणा गर्नुभयो ।

नगरपालिकाका १५ देखि ६० बर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भए संगै सरकारको मापदण्ड अनुरुप साक्षर नगर घोषणा गरिएको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।

पूर्ण साक्षरता सम्बन्धि सरकारका १२ वटा सूचकमा ५० प्रतिशत सूचक पुरा भए संगै साक्षरता घोषणा गर्न सकिने आधारमा साँफेबगर नगरपालिकाका प्रत्यक वडा साक्षर वडा घोषणा भईसके पश्चात भव्य समारोहका बीच नगरपालिकालाई नै साक्षर नगर घोषणा गरिएको नगर प्रमुख कुंवरले उल्लेख गर्नुभयो ।

अब नगरपालिकाका बाँकी करिब पाँच सय जना निरक्षरलाई बिस्तारै नगरपालिकाद्धारा नै साक्षर बनाउन पहल गरिने नगर प्रमुख कुंवरको भनाई छ ।

यस अघि जिल्लाका चौरपाटी, मेल्लेख, रामारोशन गाउँपालिका तथा मंगलसैन नगरपालिका पूर्ण साक्षर घोषणा भईसकेका छन् । साक्षर नेपाल अभियान अन्तर्गत अब जिल्लालाई नै पूर्ण साक्षर घोषणा गरिने जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button