अछाममा चालु आर्थिक बर्षमा ४८ मुद्धा दर्ता

अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा चालु आर्थिक बर्ष पाँच महिनामा ४८ मुद्धा दर्ता भएका छन् । गत साउन महिनादेखि पौष मसान्त सम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढि जबर जस्तीकरणी र झुण्डिएर आत्मा हत्या गरेका मुद्धा बढि देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जबरजस्तीका नौ र झुण्डिएर आत्मा हत्या गरेका पनि नौ वटा मुद्धा दर्ता भएका छन् । कार्यालयमा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरका मुद्धाहरु पनि दर्ता भएका छन् ।
सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरका आठ वटा, अपराधिक प्रवेश तथा उपद्रोहका पाँच वटा, ज्यान मार्ने उद्योगका चार वटा मुद्धा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकरी कलेन्द्र बिक्रम शाहीका अनुसार चोरी सम्बन्धि कसुरका तीन् वटा, कर्तव्य ज्यान सम्बन्धिका तीन् वटा, फूटकर तीन वटा, ज्यान मार्ने उद्योगका दुई वटा, सवारी साधन सम्बन्धिका दुई वटा मुद्धा दर्ता भएका छन् ।
यस्तै विष सेवनको एक वटा, सवारी साधनबाट लडेको एक वटा, हात हतियार तथा खर खजना सम्बन्धि एक वटा बहुविवाह सम्बन्धिको एक वटा र भेदभाव तथा अपमानजन्य व्यवहारको एउटा मुद्धा दर्ता भएको जनाईएको छ ।
दर्ता भएका मुद्धा मध्ये झुण्डिएर, फूटकर र भवितव्य बाहेकका सबै मुद्धाहरु जिल्ला अदालत अछाममा गैसकेका सूचना अधिकारी शाहीले जानकारी दिनुभयो ।
उहाँले सरकार बादी हुने सबै मुद्धाहरु अदालतमा गएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष सबै भन्दा बढी शान्ति सुरक्षा विरुद्ध सम्बन्धिका २५ वटा, १९ जनाले झुण्डिएर आत्मा हत्या गरेको बनाईएको छ ।
कार्यालयमा सवारी साधन सम्बन्धिका १० वटा, ज्यान मार्ने उद्योग र बहुविवाह सम्बन्धिका आठ÷आठ वटा, जबरजस्ति करणीका सात वटा मुद्धा दर्ता भएका थिए ।
यस्तै कार्यालयमा कर्तव्य ज्यान सम्बन्धिका छ वटा, जबरजस्ती करणी उद्योग र अपराधिक प्रवेश तथा उपद्रोहका ५÷५ वटा मुद्धा दर्ता भएका थिए ।
यस्तै राज्य विरुद्धको कसुरका चार वटा, चोरीका चार वटा, भवितव्य ज्यान मारेका चार वटा, र्किते कागज गरी ठगि गरेका दुई वटा, आत्म हत्या प्रोत्साहनका दुई वटा, हात हतियार तथा खरखजना सम्बन्धि ए बिस्फोटक पदार्थ सम्बन्धि एक र लागू औषत सम्बन्धिका एक गरि जम्म वटा मुद्धा दर्ता भएका थिए ।
दर्ता भएका मुद्धाहरु मध्ये झुण्डिएर भवितव्य बाहेकका धेरै जसो मुद्धाहरु जिल्ला अदलत अछाममा जाने गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्