गाउँमा स्वास्थ्य सेवा, १३५ ले स्वास्थ्य जाँच गराए

सिरहा। धनगढीमाई नगरपालिका–११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका–११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोगसम्बन्धी बढी बिरामी भेटिएको नगरपालिका–११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो ।
शिविरमा डा सुभाष चौधरी, डा लुस्युन यादव, अनमी पार्वती चौधरी, चन्दा चौधरीलगायतले सेवा प्रदान गर्नुभएको थियो । वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्य सेवा पु¥याउन आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको थियो ।
तीन वर्षपछि प क्राउ
भवितव्य मुद्दामा अदालतबाट कै द तथा जरिवानाको स जाय पाएका एक जनालाई सिरहा प्रहरीले तीन वर्षपछि प क्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी ५५ वर्षीय जोगिन्द्र मण्डललाई प क्राउ गरेको हो । -रासस








प्रतिक्रिया राख्नुहोस्