कोरोना भाइरसको सङ्क्र मण भित्रिन नदिन जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

बाँके। कोरोना भाइरसको सङ्क्र मण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।
सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको ङ्क्र मण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।
डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ । -रासस








प्रतिक्रिया राख्नुहोस्