तपाईँ सुन्दै हुनुहुन्छः

इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएपछि समितिले आज आयोजना गरेको बिदाइ कार्यक्रममा सभामुख सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा दृढतापूर्वक लाग्ने बताउनुभयो ।

सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button