तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक, साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित

Image may contain: 4 people, indoor

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय के पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनैतिक प्रस्ताव र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले आज जवाफ दिनुभएपछि प्रस्तावहरू सर्वसम्मतिले पारित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले संशोधित विधान अनुसार थपिएको उपध्याक्ष पदमा नेता बामदेव गौतमलाई नियुक्त गर्ने, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का बारेमा समग्र अध्ययन गरी १० दिन भित्र पार्टी सचिवालयमा प्रतिवेदन बुझाउनेगरी बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गर्ने लगायतका निणर्यहरू गरेको छ ।

Image may contain: 21 people, including Rachana Khadka, people smiling

यसैगरी बैठकले आगमी १५ दिन भित्र पार्टी एकिकरणका बाँकी काम पुरा गरी २०७७ साल चैत्रमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने, पार्टी सदस्यहरूका लागि जारी भएकोे आचार संहितामा थप छलफल गरी संशोधन गर्ने, यथासम्भव छिटो पार्टीको पोलिटव्युरो गठन गर्ने लगायतका निर्णयहरू गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button