बिभिन्न समूहबाट आएका प्रश्न तथा सुझावहरुको जवाफ दिनेक्रम सुरु

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिभिन्न समूहबाट आएका प्रश्न तथा सुझावहरुको जवाफ दिनेक्रम सुरु भएको छ ।
चार दिन अघिबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड)र महासचिव बिष्णु पौडेलले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहबाट बिभिन्न प्रश्नहरू र सुझावहरु आएका थिए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड)ले अहिले बिभिन्न समूहबाट आएका प्रश्न तथा सुझावहरुको विषयहरुमा जवाफ दिदै हुनुहून्छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी बैठकको अन्तिम दिन आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय सदस्यहरुले उठाउनु भएको प्रश्नको जवाफ दिइरहनु भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्