तपाईँ सुन्दै हुनुहुन्छः

भाइरल रुघाखोकीका कारण पुरै गाउँ प्रभावित, पाँच दिनका लागि बिद्यालय बन्द

बाजुरा । हिमाली गाँउपालिका–६ मा रहेको बोल्डिक गाउँ भाइरल रुघाखोकीले प्रभावित भएको छ ।

एक साता देखि फैलिएको भाइरल रुघाखोकीले गाँउ नै प्रभावित भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभयो ।

९० परिवारको बसोवास रहेको गाँउमा घरका अधिकांश सदस्य बिरामी परेका छन् भने गाँउमा नै रहेको एन्जल इङ्गलिस बोडिङ्ग स्कुलमा अध्यनरत बालबालिका सबै बिरामी परेपछि पाँच दिनका लागि बिद्यालय समेत बन्द गरेको गाँउपालिकाले जनाएको छ ।

तिन दिनदेखि गाँउमा दुई जना स्वास्थ्यकर्मी पठाएर उपचार भइरहेको र गाउँमा बिरामीको संख्या अझै बढ्दै गएपछि थप दुई जना स्वास्थ्यकर्मी भाइरल प्रभावित क्षेत्रमा पठाएको हिमाली गाँउपालिकाका स्वास्थ्य संयोजक राज भण्डारीले बताउनुभयो ।

एन्जल इङ्गलिस बोडिङ्ग स्कुलमा अध्यनरत बालबालिका पुरै भाइरल रुघाखोकीले बिरामी भएपछि बिहिबारदेखिख नै बिद्यालय बन्द गरिएको छ ।

बालबालिकाहरुमा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् । अहिले चिसोले भाइरल रुघाखोकी भएको स्वास्थ्य संयोजक भण्डारीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाएर उपचार भइरहेको बताउनुभयो । उहाले नेपालगञ्जबाट हवाई जहाजबाट औषधी ल्याएर प्रभावित क्षेत्रमा पठाइएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button