तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी दुर्घटना अपडेट : श्रीमान श्रीमतीसहित चारको मृत्यु ६ जना घाईते दुईको अबस्था गम्भीर

सुनसरी । सुनसरीको रामधुनीको तितिरवनमा विहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । विहान ८ बजे सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।

इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको थियो ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका झापा भद्रपुरका (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन् ।

एक जना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिनुभयो । उहाँको पहिचान खुलेको छैन ।

धरान इटहरीमा घाइतेहरुको उपचार भइरहेको छ भने वीपीमा हुने २ जना घाईतेको अवस्था सिकिस्त रहेको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button