तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । बसको ठक्करबाट पूर्वी चितवनको रत्ननगरमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज राती १२ : १५ बजे रत्ननगर नगपालिका वडा नम्बर ३ तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा पूर्बबाट पश्चिमतर्फ आउदै गरेको बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशाबाट गई रहेको ना ३९प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

हालसम्म मृतकको परिचय खुल्न सकेको छैन । गम्भिर घाइते भएका अन्दाजी ३०,३२ को पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बिहान १ : २५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button