तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुग्यो

काठमाडौं । चीनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या शनिबारसम्म ३ सय ४ पुगेको छ । शनिबार एकैदिन ४५ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएपछी मृतकको संख्या बढेको सिसिटिभीले जनाएको छ ।

भाईरसको संक्रमण सुरु भएको हुबे प्रान्त भित्रै थप ४५ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

चीनमा मात्र शनिबार थप २ हजार पाँच सय बढीमा कोरोनाको संक्रमण देखिएको र यो सहित हालसम्म १४ हजार तीन सय ८० जनामा भाईरसको संक्रमण देखिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button