‘न्यायाधिशहरुले निष्पक्ष रुपमा न्याय निरुपण गर्नुपर्छ’
अजय कुमार झा, जनकपुरधाम । प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जवराले न्याय क्षेत्रको प्रतिष्ठा बढाउन न्यायाधिशहरुले निष्पक्ष रुपमा न्याय निरुपण गर्नुपर्ने बताउनुभएको छ ।
धनुषाको जनकपुरधाममा उच्च अदालत मातहतका न्यायधिशहरुका लागि आयोजना गरिएको प्रदेशस्तरीय गोष्ठीमा प्रधानन्यायधिश जवराले आम जनताको आस्था, विश्वास र भरोसाको केन्द्र न्यायलय भएकाले अदालतको काम पारदर्शी, जवाफदेहि तथा मितव्ययी हुनु पर्नेमा जोड दिनुभयो ।
प्रधानन्यायधिश जवराले प्रदेश नंं २ का अदालतहरुमा अहिले पनि मुद्दाको चाँप अत्यधिक रहेकाले पिडितलाई छिटो न्याय दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्