तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग: थ्रीस्टार र सरस्वती तथा एपीएफ र मछिन्द्र भिड्दै

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरणका खेल आजबाट सुरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल १२ बजे हुनेछ भने दोस्रो खेल ३ बजे हुने छ।

थ्रीस्टारविरुद्ध सरस्वती

आजको पहिलो खेलमा  थ्रीस्टार र रेलिगेशन जोनबाट बाहिर निस्कन नसकेको सरस्वती युथ क्लब भिड्दै छन्। अंक तालिकाको पाँचौ स्थानमा रहेको थ्रीस्टार आजको खेलमा जित निकाल्दै एक स्थान सुधार गर्ने दाउमा हुने छ भने सरस्वती उसलाई रोक्ने दाउमा मैदान उत्रने छ।

सरस्वतीले एक खेल मात्र जितेको छ भने एक बराबरी खेलेको छ। उसको ४ अंक छ। थ्री स्टारले ४ खेलमा जित तथा २ मा बराबरी नतिजा निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा छ।

एपिएफविरुद्ध मछिन्द्र

आजै ३ बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले हेविवेट मछिन्द्रको सामना गर्ने छ। अंक तालिकामा १९ अंकका साथ दोस्रो स्थानमा रहेको मछिन्द्रले शीर्षस्थानको आर्मीलाई पछ्याइरहेको छ। आर्मीको २० अंक छ। आजको खेलमा मछिन्द्रले जित निकालेमा उ शीर्ष स्थानमा उक्लने छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button