तपाईँ सुन्दै हुनुहुन्छः

१२ तोला सुनको गहना सहित युवती पक्राउ

दोलखा नुवाकोटको त्रिशुली बजार स्थित श्रेष्ठ होटलबाट १२ तोला बराबरको सुनका बिभिन्न गहना र चाँदिको गहना समेत चोरी गरेर फरार दोलखा घर बताउने एक युवतीलाई सातदोबाट चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको हिरा कृष्ण श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ होटलबाट १२ तोला बराबरको सुनका बिभिन्न गहनाहरु चोरी गर्ने आस्था भन्ने नम्रता श्रेष्ठलाई सातदोबाटो चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले बताउनु भयो ।

दोलखा घर बताउने आस्था भन्ने नम्रता श्रेष्ठले सुनको गहनाहरु चोरी गरी फरार भएको भन्ने प्राप्त हुलियाको आधारमा खोजतलास गर्ने क्रममा श्रेष्ठलाई सातदोबाटो चोकमा फेला पारिएको र रितपूर्वक उनले बोकेको लेडिज ब्याग खानतलासि गर्दा सुनको औठी थान १, ब्रास्लेट थान १, सिक्री थान १, सुनको टप एक जोर, मुन्द्रा एक जोर, टपको सिक्रि थान १, चाँदिको बाला थान १ र सुनको बाला थान १ भेटिएको प्रहरी निरीक्षक बज्राचार्यले बताउनु भयो ।

श्रेष्ठले बोकेका ती गहनाहरु चोरी गरेर ल्याएको खुल्न आएपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान सहित कार्वाहिको लागि नुवाकोट प्रहरी कार्यालय पठाईएको प्रहरी निरीक्षक बज्राचार्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button