ए डिभिजन लिग अन्तर्गत नवौं चरणको खेल सम्पन्न
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणको खेल सकिएका छन् ।
नवौं चरणसम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब मात्रै अपराजित रहेको छ । मनाङले ५ खेलमा जीत हात पार्दा ४ खेल बराबरीमा रोकिएको छ । अहिलेसम्म १९ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ ।
यसैगरी शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको भने २० अंक रहेको छ । १९ अंकका साथ मछिन्द्र दोस्रो स्थानमा छ ।
शीर्ष स्थानको आर्मीले ६ खेलमा जीत हात पार्दा २ खेलमा बराबरी खेलेको छ । उ एक खेलमा मात्रै पराजित भएको छ ।
यसैगरी, मछिन्द्रले ६ खेलमा जीत र २ खेलमा बराबरी गर्दा १ खेलमा पराजयको स्वाद चाखेको छ । गत संस्करणमा लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेकाले यो सिजनमा १ अंक घटाइएको छ ।
यस्तै चौथो स्थानमा न्युरोड टिम एनआरटी रहेको छ । एनआरटीले ५ खेलमा जीत निकाल्दा २ खेलमा बराबरी गर्दा २ खेलमा पराजीत भएको छ । तर गत संस्करणमा पुछारमा रहेकाले यो सिजनमा २ अंक घटाइएको छ ।
यस्तै पाँचौं स्थानमा रहेको थ्रीस्टारको १४ अंक छ भने छैटौं स्थानमा रहेको नेपाल पुलिस क्लबको पनि १४ अंक रहेको छ ।
सातौं र आठौं स्थानमा रहेका जावलापखेल र संकटाले समान १२–१२ अंक जोडेका छन् ।
फ्रेण्ड्स क्लब ११ अंक सहित नवौं स्थानमा रहँदा ९ अंक जोडेको च्यासल १० औं स्थानमा छ । ८ अंकसहित विग्रेड ब्वाईजले ११ औं स्थानमा रहँदा सात अंक जोडेको हिमालयन शेर्पा १२ औं स्थानमा छ ।
जारी लिगमा शेर्पा, एपीएफ र सरस्वती क्लबले मात्रै एक खेलमा जीत हात पारेका छन् । यो सिजनमा एउटा टिममात्रै रेलिगेशन हुने हुँदा एक खेलमा मात्रै जीत हात पारेका टिमलाई रेलिगेशन खतरा रहेको छ ।
१३ औं स्थानमा एपीएफ छ भने पुछारमा सरस्वती रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्