तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा छोरी विमित कार्यक्रम प्रभावकारी बन्दै

बीरगंज । प्रदेश सरकारद्वारा सञ्चालित छोरी विमा कार्यक्रम अन्तर्गत आज सम्म २ नम्बर प्रदेशमा १५ हजार ६ सय ९१ जना छोरीको विमा गरिएको छ ।

प्रदेश सरकारले गत माघ १ गते देखि शुरु गरेको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा ४ हजार ३ सय ७३ जना छोरीको विमा गरिएको र आर्थिक बर्ष २०७६÷०७७ को पुस मसान्त सम्म २ हजार ५ सय छोरीको विमा गर्ने सम्पूर्ण तयारी पुरा भई सकेको छ ।

त्यसैगरी प्रदेश सरकारद्वारा माघ २ गते बाट सञ्चालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर मार्फत आज सम्म ८ हजार ८ सय १८ जना छोरी विमित भएका छन् ।

विगतमा भएको र आज सम्म शिविरमा भएको छोरी विमाको तथ्यांकलाई हेर्दा प्रदेश नं. २ मा १५ हजार ६ सय ९१ छोरीको विमा भई सकेकोे मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।

२०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारद्धारा छोरी शिक्षा विमा गर्ने अभियान अन्तर्गत माघ २ गतेबाट शुरु भएको अभियानमा आज सम्म ८ हजार ८ सय १८ जना छोरीहरुको विमा गरिएको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो ।

शिविरमार्फत सप्तरीमा एक हजार पाँच सय ८, सिरहामा एक् हजार दुई सय २९, धनुषामा सात सय ६९, महोत्तरी नौ सय ४६, सर्लाही एक हजार दुई सय ७४, रौतहट नौ सय १८, बारा एक हजार तीन सय ३ र पर्सामा आठ सय ७१ छोरीको बिमा गरिएको छ ।

मुख्यमन्त्री राउतले प्रत्येक दिन छोरी शिक्षा विमा शिविरहरुमा आठ सय देखि एक हजार सम्म बालिकाहरु विमित भई रहेको बताउदै पर्साको विरगंजबाट माघ २ गते बाट शुरु भएको छोरी शिक्षा विमा शिविर प्रदेशका आठ वटै जिल्लामा एक साथ शुरु भएकोे जानकारी दिनुभयो ।

उहाँले माघ मसान्त सम्म शिविर जारी रहने र प्रदेश नं. २ का एक सय ३६ पालिकाहरुमा शिविर पुग्ने बताउदै फागुन १ देखि ५ गते सम्म छुट भएका पालिकाहरुमा शिविर पुनः सञ्चालन गरिने समेत बताउनु भयो ।

शिविर महानगरमा चार दिन, उपमहानगरमा तीन दिन, नगरपालिकामा दुई र गाँउपालिकामा एक दिन सञ्चालन गरिएको प्रदेश २ का मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले जानकारी दिनुभयो ।

यसैविच प्रदेश नम्बर २ सरकारको मन्त्रीपरिषदको आज बसेको वैठकले नवजात छोरीको शिक्षाका लागि छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख पु¥याएको मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button