तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत (प्रदेश अध्यक्षको नामावलीसहित )

Image may contain: 4 people, including Bijay Adhikari, people sitting and indoor

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ ।

पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ ।

Image may contain: one or more people and people sitting

प्रदेश कमिटीका अध्यक्षको नामावली : 
प्रदेश नं १ का अध्यक्ष              :देवराज घिमिरे
प्रदेश २ का अध्यक्ष                :प्रभु साह,
वागमती प्रदेशका अध्यक्ष       :नारायण दाहाल
गण्डकी प्रदेशका अध्यक्ष        :हितराज पाण्ड
प्रदेश नं ५ का अध्यक्ष             :ओनसरी घर्ती
कर्णाली प्रदेशका अध्यक्ष         :गोरखबहादुर बोगटी
सुदूर पश्चिम प्रदेशका अध्यक्ष   :कर्णबहादुर थापा
सम्पर्क समन्वय कमिटीका अध्यक्ष  : प्रल्हाद बुढाथोकी
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष    : डा. राजन भट्टराई
प्रवास समन्वय कमिटीका अध्यक्ष  : युवराज चौलागाई

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएसकेकोले प्रदेश कमिटीको रिपोटिङ् सकिएसँगै अब समूह छलफलका निष्कर्ष प्रस्तुति शुरू हुने जनाइएको छ ।

Image may contain: one or more people and people sitting

प्रतिक्रिया राख्नुहोस्

Back to top button