आग्रह–पूर्वाग्रहबाट माथि उठेर जनताप्रति उत्तरदायी हुन सञ्चारजगतलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मनोबल र आत्मविश्वास टुट्न नदिई आशाको सञ्चार गराउने दायित्व सञ्चारमाध्यमहरुको भएकोले सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल टेलिभिजनको ईटहरी प्रसारण केन्द्रको आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले आग्रह–पूर्वाग्रहबाट मुक्त भएर उत्तरदायी भूमिका खेलेमा मात्र सञ्चार जगतले जनता र देशप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण भएकोले विकासका राम्रा प्रयासहरुलाई आम सञ्चार माध्यमले जनतासमक्ष राम्ररी पुर्याउन नसकेकोले त्यसतर्फ सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल टेलिभिजनले ३५ औ वार्षिकोत्सवको. उपलक्ष्यमा आजदेखि आफ्नो पाँचौ च्यानलका रुपमा ईटहरी प्रसारण सुरु गरेको छ ।
सो प्रसारणको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट मोबाइल एप्समार्फत् शुभारम्भ गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्