तपाईँ सुन्दै हुनुहुन्छः

‘चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन्’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले चीनको उहान प्रदेशमा रहेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले चिनस्थित नेपाली दुतावासको सम्र्पकमा आएका एक सय ९० जना विद्याथीलाई तत्काल उद्धार गर्नुपर्ने स्थिति नरहेता पनि उद्धार गर्नुपर्ने अवस्था आए उद्धार व्यवस्थापनका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

यसैगरी भोलीदेखि प्रत्यक्ष्य निगरानी तथा सचेतताका लागि नेपाली सीमानाका बाह्रबिसे र रसुवागढी भन्सार नाकामा स्वास्थ्य सेवा विभागसहितका प्राविधिक टोली खटाईने समेत जानकारी दिईएको छ ।

चिनबाट आएका मध्ये एक जना संक्रमित समेत अहिले संक्रमण मुक्त भइसकेकाले हाल नेपालमा कुनै संक्रमित नरहेको प्रमूख परामर्शदाता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button