तपाईँ सुन्दै हुनुहुन्छः

दाईजो कम दिनु पर्ने मान्यताको कारण पर्सामा बालविवाह गर्ने परम्परा कायमै

बीरगंज । पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा छोरीको कलिलो उमेरमा नै बिहे गर्दा दाईजो कम दिनु पर्ने मान्यताको कारण बालबिवाह गर्ने परम्परा कायमै रहेको छ

जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवास्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत १२ बर्षिय मनिता कुमारी ठाकुर नाम परिवर्तन को बिहे तय भएपछि बिद्यालय जान छोडेकी छन् । ठाकुरको बिहे आगामी फागुन महिनाको अन्तिम सातामा तय भएको छ

आर्थिक अवस्थामा कमजोर रहेका ठाकुरको परिवारले धेरै दाइजो नदिए पनि एउटा साइकल, सुनको औठी, लत्ता कपडा र भाडावर्तन दिने तय भएको छ ।

ग्रामिण क्षेत्र अझै छोरीलाई नपढाउने मानसिकता कायम रहेको र सोही कारण मनिता ढिलो विद्यालयमा प्रवेश गरेकी र ४ कक्षामा पढदा पढदै उनको विवाहको तय गरिएको हो ।

मनिताका अभिभावकले नाबालिक उमेरमा छोरीको बिबाह गर्दा दाइजो कम लाग्ने, उमेर बीस बर्ष कटेपछि दाइजो रकम धेरै तिर्नु गर्ने हुँदा अहिले नै बिबाह तय गरिएको खुलासा गर्नुभयो ।

त्यस्तै गत बर्ष फागुन महिनामा जिराभवानी गाउपालिका वडा नं २ सेढवामा दाइजोकै कारण एक जना युवतीलाई ज्यान गुमाउनु परेको थियो । लालसा कुमारी बीनको बिहेको कार्यक्रम तय भएपछि उनका अभिभावक मदिरा सेवन गरी घरमा सल्लाह गर्ने क्रममा दाइजोको रकम तिर्न नसक्ने निर्णय लिएपछि राती नै लालसा घरको दलिनमा पासो लगाई आत्महत्या गरेकी थिईन् ।

गाँउलेहरुको मिली गुपचुप तरिकाले लालसाको शव जलाउन लैजाँदा इलाका प्रहरी कार्यालय सेढवाका टोलीले शव बरामद गरेको थियो ।

नेपाल सरकारले बालबिबाह तथा दहेज प्रथालाई न्यूनिकरण वा हटाउन बिभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपनि पर्साको ग्रमिण क्षेत्रमा प्रभावकारी हुन नसकेको स्थानिय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button