तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा सल्यानको एक वडा कार्यालयमा आगजनी

सल्यान । सल्यानमा एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समुहले सल्यान कपुरकोट गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगजनी गरेको हो ।

बुधबार राती अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार बस्नेतले जानकारी दिनुभयो । रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरेको उहाँले बताउनुभयो ।

वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएका छ्न् । बिहिबार बिहान १०ः०० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदमबहादुर बिकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढोकाको ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटना बारे थाहा पाउनासाथ मैले वडा अध्यक्षज्युलाई जानकारी गराएं ।’

पञ्जिकरणका सम्पुर्ण श्रेष्तासहितका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर एक थान, प्रीन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल , कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, दराजलगायतका सामग्री पुर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो । व

वडा कार्यालय कसले र किन जलायो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सल्याने जनाएको छ । घटनाबारे अनुुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button