औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक संशोधनसहित पारित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको छ ।
समितिका सभापति पर्शुराम मेधी गुरूङको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले साँसदहरू ठगेन्द्रप्रकास पूरी र राधेश्याम अधिकारीले राख्नुभएको संशोधनसहित सर्वसम्मतिबाट विधेयक पारित गरेको हो ।
समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ऐन संशोधन गर्दा संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारलाई हस्तान्तरण गरिएका प्रतिष्ठानका शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीको सेवा सुविधामा असर पर्न नहुने बताउनुभयो ।
मन्त्रिपरिषद्स्तरीय निर्णयबाट प्रतिष्ठानका शाखा कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहने व्यवस्था गरिएको भएपनि प्रदेश सरकारले प्रतिष्ठानको भौतिक सम्पत्ति, श्रोत–साधन र कोष आफ्नो मातहत राख्न स्वीकार गरेपनि कर्मचारीहरू राख्न अस्वीकार गरेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टले संशोधित ऐनले समस्या समाधान गर्नपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्