तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यचौकीलाई माइक्रोस्कोप र फ्रिज हस्तान्तरण

बैतडी । बैतडीको शिबनाथ गाँउपालिका वडा न. २ स्थित सर्माली स्वास्थ्यचौकी लाई गाउँपालिकाका तर्फबाट माइक्रोस्कोप र फ्रिज बितरण गरिएकोछ ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा छुट्याएको रकमबाट उक्त उपकरणहरु खरिद गरि हस्तान्तरण गरिएको वडा न. २ का अध्यक्ष हजारीसिंह साउदले बताउनुभयो । यी उपकरणहरु बितरण पश्चात सर्माली स्वास्थ्यचौकीमा अत्याधुनिक प्रयोगशाला सेवा सुचारु गर्न सकिने उहाँले बताउनुभयो ।

यस्तै फ्रिज बितरण पश्चात बालबालिकाहरुलाई लगाइने खोप लगायतका सामग्री सुरक्षित राख्न सकिने उहाँले बताउनुभयो । यी उपकरणहरु आज एक कार्यक्रमका बिच गाँउपालिका उपाध्यक्ष कुस्मा चन्दले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button