सरस्वतीकली नामक हात्तीले पहिलो पटक भाले छावा जन्मायो
सुनसरी । कोशी टप्पु वनजन्तु आरक्षमा रहेको सरस्वतीकली नामक हात्तीले पहिलो पटक भाले छावा जन्माएको छ । आरक्ष भित्र रहेको पाँच पोथी हात्ती मध्ये सरस्वतीकलीले पहिलो पटक भाले छावा जन्माएको हो ।
आरक्षमा तीन ढोइले बच्चा जन्माएकोमा यस अघि दुई वटा हात्तीले पोथी पोथी छावा जन्माएकोमा मंसिर तेस्रो हप्ता सरस्वतीकलीले भाले छावा जन्माएको हो ।
आरक्षमा भाले छावा जन्मिएसँगै आरक्षमा हात्तीको संख्या आठ पुगेको छ । दुईवर्ष अघिसम्म पाँच वटा हात्ती रहेको कोशी टप्पु हात्ती सारमा तीन नयाँ छावा जन्मिएसँगै हात्तीको संख्या आठ पुगेको आरक्षमा रेन्जर लक्ष्मणकुमार महतोले जानकारी दिनुभयो ।
आरक्षमा दमदमकली, लक्ष्मीकली सरस्वतीकली कोशीकलीलगायतका सात हात्तीको नामाकरण गरिएपनि कान्छो भाले छावाको भने नामाकरण गर्न बाँकी रहेको आरक्षले जनाएको छ ।
आरक्षको हात्तीसारमा रहेको हात्तीले स्वदेशी तथा बिदेशी पर्यटकलाई सफारी गरे वापत आरक्षलाई आम्दानीसमेत हुदैँ आएको छ ।
आरक्ष प्रशासनका अनुसार हात्ती चढनका लागि नेपालीले पाँच सय रुपैयाँ सार्क मुलुकका नागरिकलाई सात सय ५० रुपैया र बिदेशीलाई एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ ।








प्रतिक्रिया राख्नुहोस्