तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल चार्जमा राख्दा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोबाइल चार्ज लगाउने क्रममा गएराती करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button