प्रकृतिको रक्षाका लागि सबै जागरुक बन्नुपर्छ : पूर्वराष्ट्रपति यादव

तनहुँ । पूर्वराष्ट्रपति रामवरण यावदले देशको सार्वभौम अखण्डता कायम रहनुपर्ने बताउनुभएको छ ।
तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा पुजा गर्न पुग्नुभएका पूर्वराष्ट्रपति यादवले देशबासीहरुको एकताको लागि कामना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कामना यो छ, हामी देशवासी मिलेर बसौँ, देशको एकता, अखण्डता कायम रहोस्, सबै नेपालीहरुको कल्याण होस् सबैको भलो होस् ।” उहाँले प्रकृतिको रक्षाका लागि सबै जागरुक बन्नुपर्ने समेत बताउनुभयो ।
मन्दिर परिसरको अवलोकन गर्दै पर्यावरणको संरक्षणका लागि स्थानीयहरुको जिम्मेवार बन्नुपर्ने उहाँको भनाई थियो । उहाँले विकासका नाममा डाँडा पहाडहरु मास्ने काम हुदाँ पानीको मुहानहरु सुक्ने समस्या विकराल बन्दै गएको बताउनुभयो । “ऋषिमुनीहरुको आर्शिवाद पनि लिउँ र विज्ञानको पनि अनुभव लिउँ तर पर्यावरण विगार्ने काम नगरौँ” उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति यादवले सास्कृतिक र धार्मिक धरोहरहरुको संरक्षण गर्न सकेको खण्डमा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको ९ मा रहेको यस मन्दिरमा अलौकिक शक्ति रहेको विस्वास गरिन्छ । निश्चित समयको अन्तरालमा पानीको लहरी छुट्ने दैविशक्ति रहेको ढोरवाराही मन्दिरको आवश्यक प्रचार हुन नसक्दा ओझेलमा परेको नगरपालिकाका मेयर किसान गुरुङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्