तपाईँ सुन्दै हुनुहुन्छः

प्रणय दिवसको अवसरमा सौराहामा ‘खाना महोत्सव’

चितवन । हरेक बर्षझै यसबर्षपनि प्रणय दिवसको अवसर पारेर सौराहामा खाना महोत्सव सञ्चालन हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल(रेबान) सौराहाको आयोजनामा यही माघ २८देखि फागुन ३ गतेसम्म सिसुवाबार खेलमैदानमा १४औं खानामहोत्सव हुन लागेको हो । आयोजक संसथा रेबानले आज सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै खाना महोत्सवका संयोजक ध्रुव गिरीले प्रणय दिवस र भ्रमण बर्षलाई लक्षित गर्दै खाना महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहांँका अनुसार यसपटक क्षेत्रीय होटलसंघ सौराहाको समन्वयमा होटलको आवासीय सेवामा ३० प्रतिशत छुट दिन लागिएको छ । खाना महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि खानाको परिकारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उहांँले जानकारी दिनुभयो ।

महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्न विभिन्न सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । ‘प्राकृतिक सौन्दर्यता चितवन सौराहाको बिशेषता’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवले चितवनमा पर्यटकीय गतिविधि बढाउनुका साथै कला संस्कृतिको जगेर्ना गर्न उल्लेखनीय टेवा पुरयाउने उद्देश्य रहेको रेवानका अध्यक्ष दिपेन्द्र खतिवडाले बताउनुभयो ।

पांँच दिनसम्म चल्ने उत्त महोत्सवमा विभिन्न जातजातिको झांँकी प्रर्दशन गरिनुका साथै विभिन्न खेलकुद प्रतियोगितको आयोजना गरिने खतिवडाको भनाई छ ।

उहांँका अनुसार दिनहँु राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रमका साथै वेटर रेस प्रतियोगिता, तान डोरी प्रतियोगिता भलिबल प्रतियोगिता, अन्तरस्कुल नृत्य प्रतियोगिता , बेलुन फुटाउने प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिता र प्लाष्टिक न्युनिकरण सडक नाटकलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

महोत्सव सम्पन्न गर्न ८० लाख देखि एक करोडसम्म खर्च अनुमान गरिएको छ । भने साढे दुई करोडसम्म कारोबार हुने अपेक्षा आयोजकको छ ।

खाना र प्रर्दशनीको समेत ४५ वटा स्टल रहने महोत्सवमा दैनिक २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

बचेको रकमबाट रेबानले निमार्णाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका साथै अन्य सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button