प्रदेश २ मा मोटरसाइकल दुर्घटना बढ्दैँ

महोत्तरी । प्रदेश २ का जिल्लामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाबाट मानिसहरुको ज्यान जानेको गरेको छ । दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको तथ्यांक अनुसार, गएको चार आर्थिक वर्षको दुर्घटनाको तथ्यांकले प्रदेश २ मा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या बढेको देखाएको छ ।
बस, ट्रक, टिपर, मोटरसाइलक जस्ता सवारी साधनको दुर्घटनामा परेर दिनहुँ मानिसहरुको ज्यान गरहेको छ । मोटरसाइकल दुर्घटनामा धेरैले ज्यान गुमाइरहेका प्रहरीले जनाएका छन् ।
दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार, आर्थिक बर्ष २०७५÷०७६ मा चार सय ९६ जनाले दुर्घटनामा परेर अकालमै ज्यान गुमाएका थिए ।
त्यसैगरी २०७४÷०७५ मा प्रदेशभरीमा तीन सय ९४ जनाले दुरघटनामा मृत्युवरण गरेका थिए । २०७३÷०७४ मा चार छ जनाको मृत्यु भएको थियो भने, २०७२÷०७३ तीन सय १४ जनाको मृत्यु भएको थियो ।
चालकहरुले ट्राफिक नियम पालना नगर्दा धेरै जसो दुर्घटना हुने गरेको छ । ट्राफिक नियम मिचेर सवारी चलाउँदा सवारी प्रयोगकर्ता र त्यसमा सवार यात्रीहरु दुर्घटनाको सिकार बन्ने गरेका छन् ।
दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले नियम मिच्नेलाई कारवाही पनि गर्ने गरेको छ । चालकहरु सचेत नहुँदा सवारी दुर्घटना बढ्दैं गएको हो ।
ट्राफिक नियम मिच्नेमा अन्य सवारी साधनभन्दा मोटरसाइकल नै बढी पर्छ । प्रदेश २ मा २०७५÷०७६ मा ट्राफिक नियम पालना नगर्ने सवारीको संख्या दुई लाख ३१ हजार १९ वटा सवारी रहेको मध्ये ७४ हजार आठ सय ५४ मोटरसाइकलकै संख्या छ ।
त्यसैगरी २०७४/०७५ मा दुई लाख २३ हजार नौ सय ९७ वटा सवारी कारवाहीमा परेका छन् । त्यसमा ६८ हजार आठ सय ९२ वटा मोटरसाइकलको संख्या थियो ।
२०७३÷०७४ मा ट्राफिक नियम उल्लघंन गरेर ८१ हजार १२ वटा सवारी साधनहरु कारवाहीमा परका थिए । कूल दुई लाख ४३ हजार नौ सय ७६ वटा सबै प्रकारका सवारीले नियम मिचेका थिए ।
२०७२÷०७३ मा नियम उल्लघंन गर्ने सवारीको संख्या एक लाख ६८ हजार दुई सय ३६ थियो भने त्यस मध्ये ५६ हजार एक सय ११ वटा मोटरसाइकै संख्या रह्यो ।
प्रहरीको कारवाहीको तथ्यांकलाई हेर्ने हो भने, नियम मिच्नेमा ६० प्रतिशत बढी मोटरसाइकलकै संख्या छ ।
आर्थिक वर्ष २०७५/०७६ एक हजार तीन सय ५२ वटा सवारी साधन दुर्घटनामा परेको थियो । जसमध्ये मोटरसाइकल दुर्घटनाको संख्या छ सय १५ थियो ।
त्यसैगरी २०७४/०७५ मा प्रदेशभरी भएको एक हजार चार सय ६९ वटा सवारी दुर्घटनमा आठ सय एक वटा मोटरसाइकल परेको थियो । २०७३÷०७४ मा एक हजार पाँच सय २३ वटा सवारी दुर्घटन भएको मा छ सय ८६ वटा मोटरसाइकल भएको थियो ।
२०७२÷०७३ दुर्घटनामा एक हजार दुई सय ७२ वटा सवारी दुर्घटना भएको थियो । छ सय ८६ वटा मोटरसाइकलबाट नै दुर्घटना भएको थियो ।
‘सिकारुले मोटरसाइकल चलाउने, अल्लारेपन देखाएर हुँइकियाएर ट्राफिक नियम मिच्नेहरु दुर्घटनामा परिरहेको दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका एसपी श्यामकुमार कुशवाहाले बताउनुभयो ।
‘आफ्नो ज्यानको ख्याल नगरेर मोटरसाइकल चलाउँदा दुर्घटना बढेको हो,’उहाँले भन्नुभयो ‘नियम मिच्नेलाई कारवाही पनि गरिहेका छौं । स्पिड नकुदाउँनुस्, हात जोडर आग्रह पनि गरिहेका छौं ।’ स्पिड न्यूनीकरण गर्न प्रहरीले प्रदेशभरीमै राडरगण प्रयोगमा ल्याएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्