तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय सदस्यमा शिवमाया तुम्बाहाम्फे मनोनित

काठमाडौं । सत्तारूढ दल नेकपाले उपसभामुखबाट राजीनामा दिनुभएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपाले केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
नेकपा केन्द्रीय समिति बैठक अहिले राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बस्दैछ।
नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै तुम्बाहाम्फेले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button