तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलको राजधानी जेरुसेलम बनाए प्यालिस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने अभिप्राय सहित आफ्नो शान्ती

योजना प्रस्तुत गर्नु भएको छ ।

उहाँको प्रस्तुत योजनोमा अविभाजित जेरुसेलम इजरायलको राजधानी हुने र प्यालिस्टाइनको वेस्ट ब्याङ्कमा रहेका याहूदीको बसोबास भएका बस्तीहरु इजरायलमा गाभिने प्रावधान रहेको छ ।

योजनामा त्यसो गरे बापत प्यालिस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइने उल्लेख छ ।
प्यालिस्टाइनले भने उक्त योजनाको विरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button