तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज महानगरपालिकाको बिकास बारे अर्थमन्त्री र नगरप्रमुख सरावगी बिच छलफल

काठमाडौं । वीरगन्ज महानगरपालिकाको विकासको बारेमा अर्थमन्त्री डा युवराज खतिवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी विच छलफल भएको छ ।

अर्थमन्त्रालयमा भएको छलफलमा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरको विपद व्यवस्थापन, वीरगन्जको घन्टाघरको उत्तर तर्फ रहेको यातायातको जग्गामा पार्क निर्माण, सिरिसिया कोरिडोरको लागी आवश्यक बजेट व्यवस्थापन, वसपार्क को दक्षिणतर्फ रहेको नगरवा पोखरीमा पुल एवम पार्क निर्माण योजनाको लागी बजेटको व्यवस्था र एडिविको थप भेरिएसन लगायतका ठुला योजनाहरुको बारेमा अर्थमन्त्रीसँग गहण छलफल भएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले बताउनु भयो ।

वीरगन्ज महानगरपालिकाले तयार पारेको ठुला तथा महत्वकाक्षी योजनाहरुको बारेमा अर्थमन्त्रीसँग छलफल भएको बताउदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले महानगरपालिकाको बिकासको बारेमा अर्थमन्त्रीे सकात्मक भएको र आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button